सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

झुठो कम्पनी खडा गरेर ठगी गर्ने तीन जना राजस्व अनुसन्धानको फन्दामा

बिहीबार, ०५ चैत २०७७, १७ : ४०
बिहीबार, ०५ चैत २०७७

काठमाडौं । झुटो तथा नक्कली कम्पनी खडा गरेर नक्कली बिल प्रयोग गरेर राजस्व छल्ने तीन जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । भरतपुरको सन्तोषी लोहनी जेभी र निर्माण सेवाका केशव कंडेलसहित ३ जना विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ  । केशवराज कँडेलसहित ३ जनाबाट १ करोड ८९ लाख २७ हजार १ सय १२ रुपैया विगो असुल मागदावीसहित मुद्दा दायर भएको हो ।

झुट्टा तथा नक्कली मूअकर  (मुल्य अभिबृद्धि कर) विजक प्रयोग गरी राजस्व छलि गर्ने भरतपुर महानगरपालिकास्थित सन्तोषी /लोहनी जे.भी.र सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक र प्रबन्ध निर्देशक मुख्य कारोवारी यी कम्पनीले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिहरुको नागरिकता र सहीछाप दुरुपयोग गर्दै राजस्व छली गरेका हुन् । 

साधारण व्यक्तिहरुको नाममा राजस्व चुहावट गर्ने उदेश्यले फर्महरु खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुठा तथा नक्कली मुअकर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट  गरेको विभागले जनाएको छ । 

मुअकरतर्फ ६७ लाख ९५  हजार ६ सय ५६ रुपैयाँ  र आयकरतर्फ  १ करोड २१ लाख ३१ हजार ४ सय ५७ रुपैयाँ  राजस्व चुहावट गरेको राजस्व अनुसन्धान विभागले भनेको छ । कारोबारी केशबराज कँडेल, सञ्चालक/निर्देशक उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेल समेत ३ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप