माधव–झलनाथ पक्षले सात गतेको केन्द्रीय समिति बैठक बहिष्कार गर्ने
बिहीबार, ०५ चैत २०७७, १८ : २७
काठमाडौं । नेकपा एमाले माधव–झलनाथ पक्षले केपी शर्मा ओलीले चैत ७ मा बोलाएको केन्द्रीय समिति बैठकमा नजाने बताएको छ । बिहीबार राष्ट्रिय कार्यकर्ता भेलाका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले चैत सात गतेको बैठक बस्नै सम्भव नरहेको भन्दै आफुहरु नजाने प्रस्ट पारेका हुन् ।
नेता भट्टराईले पार्टी विधान अनुसार मात्रै संसदीय बोर्ड गठन गर्नुपर्ने भएपनि ओलीले उक्त बोर्ड हुकुमी शैलीमा गठन गरेको बताए ।