गोली प्रहारबाट निर्माण व्यवसायी गौचनको मृत्युपछि तनाव (२४ तस्विरमा हेर्नुहोस्)
काठमाडौँ । अज्ञात समूहको गोली प्रहारबाट आज नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।
आज दिउँसो करिब तीन बजेतिर काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वरको खरीबोट प्रयागमार्गमा अज्ञात समूहले चलाएको गोलीबाट घाइते भएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
अस्पतालमा कार्यरत चिकित्सक तथा पूर्व निर्देशक डा विमल थापाले घाइते गौचनको अस्पताल ल्याइपु¥याउनु अघि नै मृत्यु भइसकेको जानकारी दिए । “एउटा गोली मुटु, अर्को कलेजो र तेस्रो गोली मुटु र कलेजोको बीचमा लागेको छ, अस्पताल ल्याउँदा उहाँको श्वासप्रश्वास चलेको थिएन” – डा थापाले भने ।
डा थापाका अनुसार गौचनको शरीरबाट दुईवटा गोली झिकिएको छ । एउटा गोली भेटिएको छैन ।
मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले हतियार र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ ।
यता, घटनापछि निर्माण व्यवसायीहरुले बानेश्वरमा प्रदर्शन गर्नुका साथै यातायात अवरुद्ध पारेका थिए ।
हेर्नुहोस् तस्विर :