सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा जिप दुर्घटना, ७ जना घाइते

आइतबार, ०८ चैत २०७७, १५ : ५५
आइतबार, ०८ चैत २०७७

बुटवल । अर्घाखाँचीको सन्धि खर्कमा डबल क्याव बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीअनुसार  सन्धिखर्क नगरपालिका ९ अर्घाबाट सदमुकाम बजारतर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा एक चालक र ६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए । जिप सडकबाट २५ मिटर तल खसेको प्रहरीको भनाई छ । घाइते केहीको सन्धि खर्कमा उपचार भइरहको छ भने केहीलाई बुटवल ल्याइँदै गरिएको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप