आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काभ्रेमा भिरबाट खसेका युवाको शव सेनाले निकाल्यो

आइतबार, ०८ चैत २०७७, १६ : ३२
आइतबार, ०८ चैत २०७७

काठमाडौं । नेपाली सेनाले काभ्रेको बेथानचोक गाउँपालिका–३ स्थित भिरबाट खसेर ज्यान गुमाएका निरोज रिजालको शव निकालेको छ । शुक्रवार बेथानचोक–३ मा ‘नाइट स्टे’ गएका रिजालको भिरबाट लडेर मृत्यु भएको थियो । नारायणस्थान मन्दिरको पश्चिमतर्फ खसेका रिजालको शव कालीजङ्ग गणबाट खटिएको माउन्टेन वारफेर तालिम प्राप्त सैनिकले निकालेका हुन् । 

चुनौतिपूर्ण ठाउँबाट २५ वर्षीय रिजाल करिब १ हजार मिटर तल खसेका थिए । सेनाको टोलीले कठिन र चुनौतिपूर्ण ठाउँबाट शव निकालेर प्रहरीलाई बुझाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप