सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बुधबार, ११ चैत २०७७, १३ : २२
बुधबार, ११ चैत २०७७

बुटवल । दाङमा आज भएका छुट्टाछुटै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १७ कटुवा खोला नजिकै ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । बुधबार बिहान ना ५ ख २०६२ नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका ३ निवासी ४० वर्षीय बिष्णु (कलौ) चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया शुरु गरेको जनाएको छ । त्यस्तै आजै दाडको घोराहीमा ट्रकको ठक्करबाट अर्का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश  प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका ७ जवरपुरमा रोकिएको ट्रकमा मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ना ४६ ख ८७३७ नम्बरको ट्रकमा रा ४ प ४९१४ नम्बरको मोटरसाइकल ठोक्किँदा घोराही ५ का २१ वर्षीय रविन डाँगीको मृत्यु भएको हो ।

दुर्घटनामा परि गम्भिर घाइते भएका अर्का २२ वर्षीय सिरिन्ज भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप