सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रेडपाण्डाको ७ थान छालासहित ३ जना पक्राउ

बुधबार, ११ चैत २०७७, १४ : २०
बुधबार, ११ चैत २०७७

काठमाडौं । प्रहरीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाबाट अवैध तरिकाले रेडपाण्डाको शिकार गरेर छाला संकलन गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाकुलुङ गाउँपालिका–२ घर भएका जगतबहादुर राई, सो गाउँपालिकाको वडा नम्बर–३ घर भएका मितुरधन राई र कविरशेखर राई छन् । इन्स्पेक्टर मन्दिप चौहान नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई रेड पाण्डाको छालासहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको घरबाट ७ थान रेड पाण्डाको छाला बरामद गरेको छ । मकालु वरुण राष्ट्रिय निकुञ्जमा शिकार गरेर सो समूहले रेड पाण्डाको छाला संकलन गरेको थियो । रेड पाण्डा मार्न प्रयोग गरिने ५ थान पासो पनि प्रहरीले बरामद गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–०२९ अनुसार पाण्डा मार्नेलाई ५ देखी १० लाख सम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद हुने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप