बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

छोराकी आमा हुनुहुन्छ भने बच्चालाई यस्ता बानी सिकाउनुहोस्, नभए डिप्रेशनमा जानसक्ने खतरा

बुधबार, ११ चैत २०७७, १७ : ०४
बुधबार, ११ चैत २०७७

छोरा बच्चाहरुलाई सानैदेखि आफ्नो भावना दबाएर आफूलाई बलियो देखाउनु पर्छ भनेर सिकाइन्छ । तपाईंले सुन्नुभएकै होला – लोग्ने मान्छे भएर रुनु हुन्नँ किनभने रुने त महिलाको काम हो ।

केही अभिभावकले आफूले यस्तो गरेर छोरालाई बलियो बनाइरहेको छु भनेर सोचिरहेका हुन्छन् जबकी वास्तविकता भिन्न हुन्छ । छोरालाई आफ्ना भावना व्यक्त गर्न र इमोसन्ससँग डील गर्न सानै उमेरदेखि सिकाउनुपर्छ किनभने यसो गर्दा उनीहरुलाई विभिन्न फाइदा पुग्छ ।

पुरुषमा पनि हुन्छ इमोसन्सः

यसमा कुनै शंका छैन कि महिला पुरुषको तुलनामा बढी भावुक हुन्छन् । केटाहरूलाई आफ्ना केही सिमित भावना मात्रै देखाउने स्वतन्त्रता हुन्छ जस्तै कि रिस । यद्यपि, दुःखका कारण नै हामीलाई रिस उठ्छ तर रिसको पछाडि पुरुषको दुःखको भावना लुक्ने गर्दछ । आफ्नो बच्चालाई रिस अघि दुःख व्यक्त गर्न सिकाउनुहोस् ।   

नकारात्मक हुनेछ व्यवहारः

भावना लुकाउने पुरुषमा हिंसात्मक व्यवहार देखिने सम्भावना अत्यधिक हुन्छ । उनीहरुलाई आफ्नो भावना नियन्त्रण गर्न आउँदैन । यहि चक्करमा उनीहरु कहिलेकाँही हिंसाको रुपमा पनि आफ्नो भावना व्यक्त गर्न थाल्छन् ।

यदि कुनै बच्चाले आफ्नो भावना दबाउँछ र यसलाई उजागर गर्दैन भने यसको नकारात्मक असर बच्चाको व्यवहारमा पर्छ ।

मानसिक स्वास्थ्यमा असर पर्छः

छोरालाई सानैदेखि रुनु हुँदैन, कमजोर देखिन हुँदैन, दुःख व्यक्त गर्न दिनु हुँदैन भनेर सिकाइन्छ । आफ्नो भावना लुकाउँदा लुकाउँदै छोराहरु मानसिक तनाव र दबाबमा हुन्छन् । यसो गर्दा उनीहरुको आत्म सम्मानमा कमी, डिप्रेशन, एंग्जाइटी र अरुको मद्दत नलिने प्रवृत्ति विकसित हुन थाल्छ ।

केही सिक्न पाउँदैनन्ः

हाम्रो जीवनमा जुन मुश्किल आउँछ, त्यो हिसाबले हामी आफैंलाई तयार गर्छौं । स्ट्रेस र तनावमा हुँदा योसँग जुध्न हामी आफैंलाई तयार गर्छौं । तर जब छोराहरुको इमोसनमा बाधित गरिन्छ तब एक सीमापछि उनीहरु योसँग डील गर्न असमर्थ हुन्छन् ।

के गर्ने ?

छोराको हुर्काइमा हामीले आफ्नो तरिका परिवर्तन गर्नुपर्छ । यसले बच्चाहरुको मानसिक, व्यवहारिक र भावनात्मक विकास बाधित हुनुका साथै उनीहरुको सम्बन्धमा पनि असर पर्ने गर्छ । जब छोराहरु आफ्नो भावना खुल्ला रुपमा व्यक्त गर्न सक्दैन भने उनीहरुले आफ्नो सम्बन्ध कसरी निभाउन सक्छन् ?

छोराको अभिभावक भएको नाताले तपाईंको यो कर्तव्य बन्छ कि तपाईं उसलाई हरेक भावना महसुस गर्न दिनुहोस् र उनीहरुलाई रुन बन्देज छ भनेर कदापी नभन्नुहोस् । हरेक बच्चाको आफ्नो एउटा व्यवहार हुन्छ जसलाई हामीले नियन्त्रण गर्ने कोसिस गर्नुहुँदैन । तपाईंले आफ्नो छोरालाई ‘जस्तोसुकै मुश्किल अवस्थामा पनि हामी तिम्रो साथमा छौं’ भनेर ढाडस दिनुहोस् । यति भन्दा मात्रै पनि तपाईंको बच्चा भावनात्मक रुपमा बलियो हुनसक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप