सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकका ४८ विद्यार्थीद्वारा प्रभु बैंकको प्रधान कार्यालयको अवलोकन

बुधबार, ११ चैत २०७७, १९ : ३१
बुधबार, ११ चैत २०७७

काठमाडौं । सिन्धुपाल्चोकका चारवटा विद्यालयका विद्यार्थीहरुले चैत ९ गते प्रभु बैंकको प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।  सिन्धुपाल्चोकका तेर्षे माध्यामिक विद्यालय, महेन्द्र माध्यामिक विद्यालय, श्रीपाल्चोक माध्यामिक विद्यालय र भुवनेश्वरी माध्यामिक विद्यालयका ४८ जना विद्यार्थीहरुले प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका हुन् । अवलोकन भ्रमणबाट विद्यार्थीहरुले बैकिङ साक्षरता र ज्ञान हासिल गरेको बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरुले बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरूको अवलोकन तथा अध्ययन गरेको बैंकले जनाएको छ । उक्त अवसरमा विद्यार्थीहरुले बैंकका प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए । 

प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप