सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गोरु काटेको अभियोगमा ५ जना पक्राउ

बिहीबार, १२ चैत २०७७, १५ : २३
बिहीबार, १२ चैत २०७७

बलेवा । गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का  पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढोरपाटन –८ भित्ता टोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन –२ घर भई हाल वडा नं ८ भित्ताटोल बस्ने ३६ वर्षीय हरि परियार रहेका छन् ।

सुराकीका आधारमा घटनास्थलमा पुगेको प्रहरी चौकी ढोरपाटनको टोलीले उनीहरुलाई गोरुको मासुसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याई अनुसन्धान थालिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप