सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

बिहीबार, १२ चैत २०७७, १८ : ०९
बिहीबार, १२ चैत २०७७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच छलफल भएको छ । सर्वोच्च अदालतद्वारा २३ फागुनमा भएको नेकपा खारेजीको फैसलाबारे पुनरावलोकनका सन्दर्भमा कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्ड र नेपालबीच छलफल भएको हो । 

स्रोतका अनुसार प्रचण्ड र नेपालबीच भेटवार्तामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रले न्यायिक पुनरावलोकनमा जाने निर्णय लिएपछि प्रचण्ड र नेपालबीच छलफल भएको बुझिएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप