नेपाल र किर्गिस्तानबीचको घम्साघम्सी, तस्बिरमा हेरौं
बिहीबार, १२ चैत २०७७, २३ : २१
काठमाडौं । घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टोलीले कीर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल र कीर्गिस्तानको यु–२३ टोली निर्धारित समयमा गोल गर्नबाट वञ्चित रहे ।
कीर्गिस्तान विरुद्धको खेलमा नेपाल उत्कृष्ट लयमा हुँदाहुँदै पनि गोल गर्नबाट चुक्न पुग्यो । मध्यान्तर अघि र पछिको खेलमा नेपाली खेलाडी कीर्गिस्तानका खेलाडीमाथि हाबी भएका थिए ।