बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तौल बढ्न नदिन र क्यान्सरको खतरा घटाउनु छ भने दैनिक १० देखि ३० मिनेट हिँड्नुहोस्

शुक्रबार, १३ चैत २०७७, ११ : ५०
शुक्रबार, १३ चैत २०७७

खाना खाएपछि कसैको हिँड्ने बानी छ भने यो निकै राम्रो बानी मानिन्छ । अनुसन्धानका अनुसार आफ्नो शरीरको क्षमताका अनुसार खाना खाएपछि १० देखि ३० मिनेट हिँड्न सक्नुहुन्छ । यसरी हिँड्दा क्यालोरी बर्न गरेर तौल बढ्नबाट जोगाउँछ भने क्यान्सरजस्तो रोगको खतरा पनि घटाउँछ । खाना खाएपछि किन हिँड्नुपर्छ त, यसबारे जानकारी लिऔंः

पाचन राम्रो हुन्छः

खाना खाएपछि हिँड्नुहुन्छ भने पाचन राम्रो हुन्छ । शरीरको मुभमेन्ट हुँदा आन्द्रामा खानाको मुभमेन्ट पनि तीब्र हुने गर्छ । नतिजा, खाना चाँडै नै सजिलै पच्ने गर्छ । यसका साथै पेप्टिक अल्सर, छाती पोल्ने, पेटमा ऐठन र कोलोरेक्टल क्यान्सरको खतरा पनि कम हुन्छ ।

ब्लड सुगरको स्तर नियन्त्रणमा रहन्छः

खाना खाएपछि हिँड्दा वा शरीरलाई गती दिँदा रगतमा चिनीको मात्रा बढ्ने खतरा कम हुन्छ । सन् २०१६ मा भएको अनुसन्धानका अनुसार खाना खाएपछि १० मिनेट हिँड्दा खाना खाएपछि बढ्ने ब्लड सुगरमा कमी आउँछ ।

हृदयरोगको खतरा घटाउँछः

शारीरिक गतिविधि मुटुका लागि निकै फाइदाजनक बताइन्छ । अनुसन्धानमा यो प्रमाणित भइसकेको छ । अमेरिकाको स्वास्थ्य विभागका अनुसार खाना खाएपछि १० मिनेट हिँड्दा मुटु रोगको खतरा घट्ने गर्छ ।

तौल बढ्दैनः

विज्ञका अनुसार खाना खाएपछि टहल्दा क्यालोरी बर्न हुन्छ । यस्तो रुटिन बनाउनु हुन्छ भने तौल बढ्ने खतरा निकै हदसम्म कम हुन्छ । तर धेरै तेल र मसालायुक्त खानेकुरा खानबाट बच्नुहोस् ।

रक्तचाप बढ्दैनः

नेशनल इन्स्टिच्यूट अफ हेल्थका अनुसार १० मिनेट हिँड्दा बढेको रक्तचाप नियन्त्रणमा रहन्छ । विज्ञका अनुसार खाना खाएर हिँड्दा तपाईं तीब्र गतिमा भने हिँड्नु हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप