विन्दास वसन्तपुर : कोरोनाको के डर ?
काठमाडौँ । भारतमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि दिनहुँ संक्रमणको दर बढ्दो छ । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर देखिने त्रासबीच सरकारले पछिल्लो समय स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न सुरु गरेको छ ।
संक्रमण नफैलियोस् भनेर सरकारले होलीको कार्यक्रमलाई आफ्नो घर परिवारमा सिमित गर्न आग्रह गरेको थियो । स्थानीय प्रशासनले होलीको कार्यक्रम आयोजना गर्ने र भीडभाड गर्नेलाई पक्रेर कारवाही गर्नेसम्मको चेतावनी दिएको थियो । तर, सरकारको आग्रह र प्रशासनको चेतावनीलाई बेवास्ता गर्दै काठमाडौँको वसन्तपुरमा धुमधामका साथ होली मनाइएको छ । सयौँको संख्या भेला भएका युवायुवतीहरूले एकआपसमा रंग दल्दै होली मनाएका थिए । होली मनाउँदा अधिकांशले स्वास्थ्य मापदण्डको पालना गरेका थिएनन् । हेरौँ सुवास श्रेष्ठले खिचेका तस्विरहरू:
अन्य ठाउँमा भने यसपटक होलीको रौनक खासै देखिएको थिएन । धेरैले परिवारमा मात्र होलीको कार्यक्रम सिमित गरेका थिए ।
हेरौँ कृष्ण खड्काले खिचेका तस्विरहरुः