प्रदेश २ मा प्रदेशसभा अधिवेशन आह्वान
आइतबार, १५ चैत २०७७, १८ : १६
जनकपुर । प्रदेश नं–२ का प्रदेश प्रमुख डा राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचौ अधिवेशनको आह्वान गरेका छन् । मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा.अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।