आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जम्मू–कश्मीरमा चरमपन्थी हमलाः एक पार्षदसहित दुई जनाको मृत्यु

सोमबार, १६ चैत २०७७, १५ : १९
सोमबार, १६ चैत २०७७

जम्मू–कश्मीरको बारामूला जिल्लाको सोपोर क्षेत्रमा चरमपन्थीहरुले नगर परिषद्को कार्यालयमा गोलीबारी गरेका छन् । आक्रमण भएको बेला कार्यालयमा पार्षदहरूको बैठक चलिरहेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार हमलामा पार्षद रियाज अहमदको मृत्यु भएको छ भने अर्का पार्षद शम्सुद्दीन घाइते भएका छन् । त्यस्तै, हमलामा शफाकत अहमद नाम गरेका एक प्रहरी पनि घाइते भएका थिए । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सुरक्षाकर्मीले चरमपन्थीहरुको खोजीमा सो क्षेत्रलाई घेराबन्दी गरेर सर्च अपरेशन सुरु गरेका छन् ।

जम्मू–कश्मीरमा पछिल्लो २४ घण्टामा भएको यो दोस्रो चरमपन्थी हमला हो । आइतबार अनन्तनागमा चरमपन्थीहरुले सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) को बंकरमा ग्रिनेड हमला गरेका थिए । उक्त ग्रिनेड सडकमा पुगेर पड्एिको थियो । घटनामा दुईजनाले ज्यान गुमाएका थिए ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप