बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पिसाब गर्दा दुख्नु र छालामा भएको निशाना बढ्नु पनि क्यान्सरको लक्षण, थाहा पाउनुस् कतिबेला परीक्षण गर्ने ?

मङ्गलबार, १७ चैत २०७७, १६ : २१
मङ्गलबार, १७ चैत २०७७

क्यान्सरका थुप्रै लक्षण यस्ता हुन्छन् जुन अन्य रोगसँग मिल्दोजुल्दो हुन्छन् । जस्तै पिसाब गर्दा पीडा महसुस हुनु । यस्ता थुप्रै लक्षण छन् जसले क्यान्सरतर्फ इंगित गर्छ । क्यान्सरका केही विशेष लक्षण देखिँदा पुरुषले केही परीक्षण गराउनु पर्छ । यसले क्यानसरमात्रै होइन अन्य रोगको खतरा पनि कम गर्न सकिन्छ । कस्ता लक्षणले के क्यान्सरतर्फ ईशारा गर्छ, त्यसबारे जानकारी लिऔं ।

प्रोस्टेट क्यान्सरः

– साधारणतया प्रोस्टेट क्यान्सरको खतरा ४५ वर्षको उमेरपछि हुन्छ । तर कम उमेरमा पनि खराब जीवनशैली वा वंशानुगतका कारण यस्तो रोग देखिन्छ । पिसाब गर्दा समस्या हुनु वा पीडा हुनु, यो क्यान्सरतर्फ इशारा गर्छ ।

आवश्यक परीक्षणः

स्वस्थ व्यक्तिले पनि परिवारमा यस्ता समस्या छ भने नियमित रुपमा ६ महिनाको अन्तराल वा वर्षमा एक पटक डिजिटल रेक्टम एग्जाम र प्रोस्टेट स्पेसिमेन एन्टीजन परीक्षण गराउनुपर्छ ।

टेस्टीकुलर क्यान्सरः

शुक्रकिटको निर्माण गर्ने अण्डकोषसँग जोडिएको यो क्यान्सर दुर्लभ हुन्छ । यसको धेरैजसो मामिला २० देखि ५४ वर्षको उमेरमा हुन्छ  ।

आवश्यक परीक्षणः व्यक्तिको अण्डकोषमा भारीपन, सुन्निने र यसको आकारमा परिवर्तन महसुस भइरहेको छ भने डाक्टरको सल्लाह लिनुपर्छ । साथै नियमित रुपमा टेस्टीकुलर परीक्षण गराउनुपर्छ ।

कोलोरेक्टल क्यान्सरः

– यो ठूलो आन्द्रामा हुने मुख्य क्यान्सर हो । महिलाको तुलनमा पुरुषमा यो रोगको खतरा दोब्बर हुन्छ । आन्द्रा खुम्चिनु र यसको आन्तरिक सतह असामान्य रुपमा बढ्नु यसको सुरुवाती लक्षण हो ।

आवश्यक परीक्षणः

सिटी स्क्यानका साथै कोलोनोस्कोपी, एक्स रे वा सिग्मोइडोस्कोपीले पनि यो क्यान्सरको पहिचान गर्न सकिन्छ ।

छालाको क्यान्सरः

– मेलोनोमा छालाको क्यान्सरको सबैभन्दा साधारण प्रकार हो । यसमा छालाको रङमा असामान्य परिवर्तन वा कुनै कारण बिना दाद वा कुनै निशान देखिनु यो रोगको इशारा गर्छ । लामो समयसम्म घामको सम्पर्कमा बस्दा पनि यसको आशंका बढ्ने गर्छ ।

आवश्यक परीक्षणः

छालामा देखिएका कुनै दागका आकार, रङमा लामो समयसम्म परिवर्तन महसुस भए छालारोग विशेषज्ञसँग सम्पर्क गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप