सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साउनदेखि बूढाबूढीको भत्ता बढ्छ, अब मान्छेलाई निद्रा लाग्दैन : ओली

‘रेल किनेर ल्याएको अस्ति नै हेरिसक्नुभएको छ’
मङ्गलबार, १७ चैत २०७७, १८ : २३
मङ्गलबार, १७ चैत २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता अलिकति बढ्ने बताएका छन् । अब बूढाबूढीलाई सरकारले केही दिन लाग्यो भनेर मानिसहरुलाई निद्रा नलाग्ने ओलीले टिप्पणी गरेका छन् ।
‘पहिलो बजेटमै जेष्ठ नागरिक भत्ता किन बढाइएन भनेर धुम मच्चाइयो र हामीले गत बजेटमा बढायौं’ मंगलबार रिपोर्टस क्लवको बार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अब पनि साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अलिकति बढ्छ नै । साउन १ गतेबाट लागू हुने गरी बढ्छ फेरि ।’

नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा वृद्धभत्ता मासिक ५ हजार दिने भनेको थियो । सरकारले अहिलेसम्म मासिक ३ हजार दिँदै आएको छ । प्रधानमन्त्री ओलीले साउनदेखि अलिकति बढाइने बताए पनि पाँचै हजार पु¥याउने चाहिँ भनेनन् ।

बरु प्रधानमन्त्रीले आफ्ना विपक्षीप्रति आक्रोश पोख्दै वृद्धभत्ता बढाउँछु भन्दा आफूलाई साउनअघि नै ढाल्ने प्रयास हुने छुद्र टिप्पणी गरे । प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई आपत्ति लाग्दा । आपत्ति लाग्छ भने फेरि मैले भन्दिन्छु, आपत्ति लाग्छ भने सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ । अब यो बूढाबूढी पनि हेर्न थाल्यो, यसरी अन्धा अपांग पनि हेर्न थाल्यो, यो सरकार त छिटो हटाउनुपर्यो, साउन १ गतेदेखि त फेरि बढाएर लागू गर्ने भनिसक्यो... अब मान्छेहरूलाई अर्को छटपटी सुरु हुन्छ, निद्रा लाग्दैन ।’

आफ्नो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा धेरै कामहरु गरेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘सामाजिक सुरक्षाका क्षेत्रमा थुप्रो कामहरु हामीले गर्यौं । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरु ग¥यौं । अरु पनि सामाजिक सुरक्षाका कामहरु हामी गर्दै जान्छौं ।

रेल किनेर ल्याएको अस्ति नै हेरिसक्नुभएको छ !

प्रधानमन्त्री ओलीले अब सरकारले आफ्नै रेल किनेर ल्याएर किनेर छिट्टै सञ्चालन गरिने बताए । उनले भने, हामीले उत्तर–दक्षिण रेलको कुरो ग¥यौं । हामीले केरुङ–काठमाडौं रेल, काठमाडौं रक्सौल रेलको कुरा ग¥यौं । पूर्वपश्चिम रेल अब छिटै शिलान्यास गर्दैछौं पूर्वबाट ।’

प्रधानमन्त्रीले अगाडि भने, ‘अहिले कतिपय ठाउँमा बाटोहरु बनिराख्या छ । राइट अफ वे स्पष्ट गरिया छ । त्यहाँ क्षतिपूर्ति दिने अधिग्रहण गर्ने कामहरु भइराख्या छ । रेल ल्याएर आफ्नै रेल अब किनेर छिटै नै सञ्चालन गरिँदैछ ।’

ओलीले भने, ‘रेल किनेर ल्याएको अस्ति नै तपाईहरुले हेरिसक्नुभएको छ । रेल किनेर ल्याइसक्या छ । सञ्चालनको तारतम्य हामी मिलाउँदैछौँ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप