महोत्तरीमा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते
बुधबार, १८ चैत २०७७, २२ : २८
महोत्तरी । महोत्तरीमा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । महोत्तरीको औरही नगरपालिका ४ स्थित सेरामा बुधबार साँझ अज्ञात समूहले गोली चलाउँदा बर्दिवास नगरपालिका १ बस्ने रोशन कोइराला घाइते भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
गोली लागेर घाइते भएका कोइरालाको बर्दिबासस्थित जनसेवा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली कसले र किन चलाएको हो भन्नेबारे अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक आचार्यले बताए ।