धारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक शुरुवात, तस्विरमा हेर्नुहाेस्
शुक्रबार, २० चैत २०७७, १४ : ५९
राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी छन् । खानेपानी मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले धारा खोलेर पानी वितरणको औपचारिक शुरुवात गरेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको छ। काठमाडौँका घरघरमा केही दिन अघिदेखि नै मेलम्चीको पानीको परीक्षणको रुपमा पठाउन सुरु गरिसकिएको छ ।