सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा जिप दुर्घटना, एक जना घाइते

शुक्रबार, २० चैत २०७७, १९ : ५८
शुक्रबार, २० चैत २०७७

बुटवल ।   शुक्रबार अर्घाखाँचीमा जिप दुर्घटना भएको छ ।  दुर्घटनामा परि एकजना घाइते भएका छन् । सालझण्डीबाट सन्धिखर्क आउँदै गरेको लु २ च १८९७ नम्वरको जिप पाणेनी गाउँपालिका २ रजौसा भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सन्धिखर्क सूचना अधिकृत प्रहरी निरिक्षक सुजन शाहले जानकारी दिए ।

जिपमा सवार जम्मा ३ जना थिए ।  त्यसमध्ये छत्रदेव गाउँपालिका ८ घर भएका ३७ वर्षीय चालक वसन्त श्रेष्ठ घाइते भएको  बताइएको छ । अरु दुई जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्छ । दुर्घटनाको कारण र अन्य विवरण खुलिसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप