सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश सरकार र महासंघको सहकार्यमा कर्णालीमा लगानी सम्मेलन आयोजना हुने

आइतबार, २२ चैत २०७७, १४ : २१
आइतबार, २२ चैत २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशको संयुक्त आयोजनामा कर्णालीमा लगानी सम्मेलन आयोजना हुने भएको छ । कृषि, पर्यटन, जडिबुटी, जलविद्युत लगायतका क्षेत्रमा लगानीको प्रवद्र्धन गर्दै समग्र प्रदेशको आर्थिक उत्थानका लागि सम्मेलन आयोजना हुन लागेको हो । 

हालैमात्र राजधानीमा महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोलीले कर्णाली योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्कासहितको आयोगको टोलीसँग भेट गरी लगानी सम्बन्धी सहमति गरेका छन् ।  सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउँदै उक्त क्षेत्रको आर्थिक विकासमा महासंघले उचित भूमिका खेल्ने र त्यसका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने बताए ।  लगानीकर्ताहरूले कृषि, पर्यटन, जडिबुटी, जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्ने समेत अध्यक्ष गोल्छाले बताए । उनले लगानीकर्ताहरुसँग महासंघले सहजीकरण गर्ने समेत जानकारी दिए । 

यता कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो रहेको बताउँदै कर्णाली योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले निजी क्षेत्रको सहकार्यमा मात्र त्यो प्रभावकारी हुने बताउँदै संयुक्त अवधारणामा आयोग अघि बढेको बताए । 

सो अवसरमा उनले कर्णाली प्रदेशमा परियोजना बैंक बनाएर लगानीको वातावरण सृजना गर्ने समेत जानकारी दिए । छलफलमा महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठ सहित कर्णाली योजना आयोगका सदस्य डा.दिपेन्द्र रोकाय र सदस्य योगेन्द्रबहादुर शाहीको समेतको सहभागिता रहेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप