काठमाडौंमा बढ्न थाल्यो कोरोना संक्रमण
आइतबार, २२ चैत २०७७, १७ : ०२
भारतमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमित बढेसँगै नेपालमा केही दिनयता संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।
प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा संक्रमितको दर पनि बढेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ सय ७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ८७, भक्तपुरमा ४ र ललितपुरमा ८ जनालाई संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ११७ जना संक्रमणमुक्त भएका छन् ।