सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अध्यक्ष प्रचण्डद्वारा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त

आइतबार, २२ चैत २०७७, १९ : १६
आइतबार, २२ चैत २०७७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेको नरैनापुर गाउँपालिका–४, खोदवामा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले शनिबार खोदवामा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् । अध्यक्ष प्रचण्डले आगलागीमा परेर घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना गर्दै विज्ञप्तिमा भनेका छन्ः ‘देशकै पिछडिएको गाउँपालिकाका रुपमा सूचीकृत नरैनापुर गाउँपालिका–४ खोदवामा मात्रै ११५ घरधुरी जलेर नष्ट भएका छन् । यो संख्या प्रारम्भिक अनुमान भएकाले अझै बढ्ने सम्भावना छ । उक्त आगलागीबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

नरैनापुरका बासिन्दाको मुख्य समस्या गरीबी र विपन्नता भएको र असुरक्षित आवासका कारण वर्षेनी आगलागीको चपेटामा पर्ने गरेकोले राज्यको ध्यान जानुपर्ने उनले बताएका छन् ।  विज्ञप्तिमा भनिएको छः ‘यस गाउँपालिकाका विभिन्न वडाहरूमा विगत एक महिनामा ठूलठूला आगलागीका घटनाहरु भएका छन् । नरैनापुरका बासिन्दाको मुख्य समस्या गरीबी र विपन्नता हो । घनाबस्ती र फुसका छाना भएका असुरक्षित आवासका कारण यहाँका बस्तीहरु बर्षेनी आगलागीको चपेटामा पर्ने गरेका छन् । यी बस्तीलाई सुरक्षित गर्ने दीर्घकालिन समाधानका लागि राज्यको विशेष ध्यान जान जरुरी छ ।’

अध्यक्ष प्रचण्डले आगलागीबाट पीडितहरूको तत्काल उद्दार, राहत र पुनर्वास तथा घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारको लागि म सरकारसँग विशेष आग्रह गरेका छन् । साथै उनले नैरनापुरजस्ता देशका विभिन्न भागहरुमा आगलागी र डढेलो लाग्ने गरेकोले आगलागी र डढेलो नियन्त्रणका लागि तात्कालिन र दीर्घकालिन योजनासहित आवश्यक कदम चाल्न तीनवटै तहका (स्थानीय, प्रदेश र केन्द्र) सरकारसहित सम्बन्धित सबैमा आग्रह गरेका छन् । नरैनापुर गाउँपालिकामा शनिबार भीषण आगलागी हुँदा ११५ घर जलेर नष्ट भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप