सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

३ वटा रेडपाण्डाको छालासहित एक युवक पक्राउ

आइतबार, २२ चैत २०७७, २२ : ३०
आइतबार, २२ चैत २०७७

काठमाडौं । प्रहरीले ३ वटा रेड पाण्डाको छालासहित एक युवकलाई पक्राउ गरेको छ । आइतबार अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले पाँचथर घर भएका २८ वर्षीय सन्देश लिम्बुलाई पक्राउ गरेको हो ।


पाँचथरको नागी गाउँपालिका–१ का सन्देशले बेच्नका लागी बोकेर हिँडेको ६ थान रेड पाण्डाको छाला प्रहरीले बरामद गरेको छ । उनलाई बुढानिलकण्ठ नगरपालिका–६ स्थित गोर्खाली पुलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  महानगरीय प्रहरी वृत्त महाराजगन्जले पाण्डा कारोबारबारे अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप