सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओलीको गृहजिल्लामा देउवालाई भ्याई नभ्याई

सोमबार, २३ चैत २०७७, १८ : ४५
सोमबार, २३ चैत २०७७

झापा । सोमबार बिहान झापा आइपुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दिनभर विभिन्न कार्यक्रममा व्यस्त भए । बुद्ध एयरको पहिलो उडानमार्फत बिहान १० बजे चन्द्रगढी विमानस्थल उत्रिएका देउवा नेपाली कांग्रेस झापाले आयोजना गरेको प्रजातन्त्रबादी नेतृ स्वर्गीय गिरिराजकुमारी प्रसाई (ज्ञानु मुमा) को श्रद्धाञ्जली सभामा सहभागी भए ।

नेतृ प्रसाईको चैत्र १० गते मंगलबार ९० बर्षको उमेरमा निधन भएको थियो । प्रसाई प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली कांग्रेसका नेता स्वर्गीय सिके प्रसाई (भरतबाबु) की श्रीमती हुन् । श्रद्धाञ्जली कार्यक्रममा बोल्दै देउवाले स्वर्गीय प्रसाईले सामाजिक सेवा र राजनीतिमार्फत समाजमा खेलेको भूमिका अनुकरणीय भएको बताए ।

श्रद्धाञ्जली सभापश्चात देउवा केही दिनअघि निधन भएका कांग्रेस नेता तम्मर राईको काँकरभिट्टास्थित घरमा मृतकका परिवारसँग भेटघाटमा सहभागी भए । काँकडभिट्टाबाट फर्केर देउवा साबिक धाइजन गाविसका पूर्वउपाध्यक्ष स्वर्गीय इन्द्र सिटौलाको परिवारलाई समवेदना व्यक्त गर्न उनको घरमा पुगे ।

त्यसपछि देउवाले झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक शिक्षालय र कनकाई नगरपालिकामा निर्माणाधीन तुर्सा हेमरम स्मृति प्रतिष्ठानको भवन अवलोकन गरेको कांग्रेसका झापा सभापति उद्धव थापाले जानकारी दिए । कांग्रेस सभापति देउवाले मंगलबार बिहान बिर्तामोडमा पत्रकारहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप