सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको फोनमा आगमन कल निषेध

मङ्गलबार, २४ चैत २०७७, १६ : ३४
मङ्गलबार, २४ चैत २०७७

काठमाडौं । सरकार पारदर्शी र जवाफदेही छ भनेर दिनहुँ भाषण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यालयको फोनमा आगमन कल निषेध गरिएको छ  ।  कुनै पनि कार्यालयबाट सूचना जानकारी दिनका लागि प्रवक्ता तथा सूचना अधिकारीको व्यवस्था गरिएको हुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सूचना जानकारी दिन राखिएका प्रवक्ता तथा सूचना अधिकारीको कार्यालयको फोनमा आगमन कल निषेध गरिएको पाइएको हो । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सूचना तथा जानकारीका लागि शंकर नेपाललाई प्रवक्ता र कविता फुँयाललाई सूचना अधिकारी राखिएको छ । प्रवक्ताको नम्बर ०१–४२११०८० र सूचना अधिकारीको ०१–४२००२७० मा फोन गर्दा ‘तपाईले डायल गर्नुभएको नम्बरको आगमन कल बन्द गरिएको छ’ भन्ने सूचना पाइन्छ । जुन नम्बर सूचना दिन राखिएको छ, त्यही नम्बरमा आगमन कल नै बन्द गरेपछि नागरिक वा सेवाग्राहीले कसरी सूचना पाउने ? 
प्रधानमन्त्री कार्यालयको वेबसाइटले चिन्दैन दावा लामा र जुली महतोको मन्त्रालय 

तपाईलाई थाहा छ प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारमा कति जना मन्त्री छन् ? कुन मन्त्रीले कुन–कुन मन्त्रालय सम्हालेका छन् ? स्वभाविक हो तपाई राजनीतिक कुरामा खासै चासो राख्नुहुन्न भने तपाईलाई सबै मन्त्री र उनीहरुले सम्हालेका मन्त्रालय थाहा नहुन सक्छ । अचम्मको कुरा त प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पनि केही मन्त्रीले कुन मन्त्रालय सम्हालेका छन् थाहा छैन् ।

मन्त्रिपरिषदको कार्यालयको वेबसाइटले भन्छ ‘महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री दावा लामा तामाङ हुन भने जुलीकुमारी महतो युवा तथा खेलकुद मन्त्री हुन् ।’ तर यथार्थमा लामा युवा तथा खेलकुद मन्त्री हुन भने जुली महतो महिला, बालबालिका तथा जेष्ठ नागरिक हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक मन्त्रिपरिषद विस्तार गरेको साढे २ महिना पुग्दासमेत प्रधानमन्त्री कार्यालयले गलत सूचना दिइरहेको छ । प्रधानमन्त्री कार्यालयको वेबसाइटभित्र गएर तपाईले ‘सम्माननीय प्रधानमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण’ लिङ्कमा क्लिक गर्नुभयो भने दुई मन्त्रीको गलत विवरण भेटिन्छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप