सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाबुराम बाम गठबन्धनमा मिलेपछि के भन्छिन् सेलिब्रेटी नेतृ करिष्मा ?

बुधबार, २५ असोज २०७४, १३ : ४४
बुधबार, २५ असोज २०७४

काठमाडौं– आर्थिक समृद्धिको सशक्त एजेण्डा बोकेर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी, नेपाल गठन गरेपछि  सोहि पार्टीमा लागिन्, चर्चित अभिनेत्री करिष्मा मानन्धर । 

नयाँ शक्तिमा लागेसँगै सेलिबे्रटी नेतृको पहिचान बनाएकी  करिष्मा नयाँ शक्तिको   हाइलेभलका कार्यक्रममा शीर्ष नेताहरुसँगै देखिन्थिन् र उनी नै आकर्षणको केन्द्रमा हुन्थिन् । 

आर्थिक समृद्धिको  एजेण्डा बोकेर अघि बढेको पार्टी एकाएक नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनमा सहभागि भएपछि के भन्छिन् करिष्मा ? यसबारे करिष्माले आफ्नो धारणा रातोपाटीका कुबेर गिरीमार्फत यसरी सुनाइन्ः

राजनीति मेरो लागि नितान्त नयाँ बिषय हो । हामीले राजनीतिमा यस अगाडि अचम्म अचम्मका घटनाहरु पनि देख्न पाएका छौं । हुनसक्ने र नसक्ने घटनाहरु दुबै नेपाली राजनीतिमा घटेका छन् । बाम एकतालाई मैले सकारात्मक रुपमा लिएकी छु । बरु एकता लामो समय जान्छ भनेर म आशाबादी छु । तर अहिले यही हुन्छ भनेर म भन्न सक्दिनँ । राम्रो होस् भन्ने मेरो कामना छ ।
अहिलेको बाम एकता चुनाबी तालमेलको हो । चुनाबी गठबन्धन हो । एकताका लागि  पनि विभिन्न समिति गठन भएका छन् । समितिलाई नै  एकता  अगाडि बढाउने जिम्मा छ । गठबन्धन नजिकिँदै गरेको चुनावमा फोकस भएर अगाडि बढिरहेको छ ।
एकताको महोल अहिले यता जान्छ भनेर कसैले भन्न सक्ने अवस्था पनि छैन । मेरो बिचारमा यो एकता सधैँका लागि होस् । दश सानातिना पार्टी हुनु भन्दा  एउटै  बलियो पार्टी भएको राम्रो हो । सबै बामपन्थी एकै ठाउँमा मिलेर, एकै ठाउँमा बसेर काम गर्न सकिन्छ भने मेरा लागि यो भन्दा अर्काे खुसीको कुरा  के हुनसक्छ र !
नयाँ शक्तिमा मेरो प्रवेशको उदेश्य भनेको राष्ट्रको उन्नतिका लागि महिला तथा बिभिन्न क्षेत्रका मानिसले पनि योगदान दिनुपर्छ भन्ने हो । राष्ट्र निर्माणका लागि राजनीतिमा बिषेश चासो राख्नु पर्दछ र राजनीतिमा सहभागी भएर पनि योगदान दिन सकिन्छ भन्ने मेरो धारणा हो । 
म जुन पार्टीमा छु । त्यो पार्टीको लिडरको बिचारबाट प्रभाबित भएर लागेकी हुँ । यो बाम एकताले मेरो राजनीतिक करियरमा केही पनि फरक पर्दैन । मेरो उद्देश्य सफा छ । म एकता हुँदा र नरहदा जुनै परिस्थितिमा पनि अगाडि बढ्न सक्छु । 
चुनावका लागि अहिले यसमै उठ्छु भन्ने मनस्थितिमा छैन । दुई शक्तिशाली पार्टीबीच हाम्रो एकता भएको छ । एकताले जे जस्तो बाटो पहिल्याउछ र  हाम्रो पार्टीको नेतृत्व गर्ने डा.बाबुराम भट्टराई जे कुरा अगाडि सार्नुहुन्छ । म त्यो स्वीकार्ने पक्षमा छु । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप