सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तीन दलको बैठक: प्रचण्ड बूढानीलकण्ठ पुगे, जसपाका नेता पुगेनन्

शुक्रबार, २७ चैत २०७७, ०९ : ००
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको छलफल जसपाका नेताहरु नपुग्दा सुरु हुन ढिलाइ भएको छ ।  बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु निर्धारित समयमै बुढानिलकण्ठ पुगे पनि जसपाका नेताहरु अझै पुगेका छैनन् ।

प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ बूढानिलकण्ठ पुगेका हुन् । त्यस्तै काँग्रेसका शीर्ष नेता पनि देउवा निवास पुगिसकेका छन् ।  सभापति देउवाले शुक्रबार दिउँसो ३ बजेका लागि तीन दलको बैठक आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले अग्रसरता लिएका हुन् । तर जसपाका नेता बुढानिलकण्ठ नपुगेकाले छलफल सुरु नभएको काँग्रेसका एक नेताले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप