शिवपुरीमा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग
आइतबार, २९ चैत २०७७, १८ : १३
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२ शिवपुरीस्थित तैलुङ जंगलमा लागेको आगो निभाउन हेलिकप्प्टरको प्रयोग गरिएको छ । आगो नियन्त्रणमा लिन सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको हो ।
आगो नियन्त्रणका लागी नेपाली सेनाका महेन्द्र दल गणबाट ७६ जनाको अग्नि नियन्त्रक टोली र ३ वाट दमकल परिचालन गरिएको थियो । विहान करिब १० बजे लागेको आगो साँझ नियन्त्रणमा आएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।