नोकियाका एक्स, जी र सी सिरिजका ६ नयाँ स्मार्टफोन नेपालमा
सोमबार, ३० चैत २०७७, १९ : ५१
काठमाडौं । एचएमडी ग्लोबलले नोकिया एक्स, जी र सी सिरिजका मोबाइल फोनह? नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले ३ वटा सिरिजका ६ नयाँ नोकिया स्मार्टफोन भित्राएको हो ।
नोकिया एक्स सिरिजको ‘नोकिया एक्स २०’ र नोकिया एक्स १०, जी सिरिजमा जी २० र जी १०, सी सिरिजमा सी १० र सी २० भित्र्याएको कम्पनीले जनाएको छ ।
नोकियाका यी फोन स्मार्टफोनको बजारमा उत्कृष्ठ रहेको कम्पनीको दावी छ । यसैगरी, यी फोनमा अहिलेसम्मकै सबैभन्दा बढी टिकाउ ब्याट्री रहेको पनि कम्पनीले जनाएको छ ।
एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेशेले बितेको १२ महिना कम्पनीका लागि निकै चुनौतीपूर्ण रहेको बताएका छन् । उनले एचएमडी मोबाइलको लन्चको साथ मोबाइलका समग्र प्रदायकको लागि यो यात्राको माइलस्टोन भएको बताए ।