कस्टमाइज्ड थ्री डी प्रिन्टिङ प्रविधिले अब बन्नेछन् मानव अंग
वैज्ञानिकका अनुसार जनावरमा गरिएको परिक्षण पछि सन् २०२५ सम्म मानव जीवनका लागि अत्यावश्यक ७८ वटा मानव अंगको कस्टमाइज्ड थ्री डी प्रिन्ट बजारमा उपलब्ध हुनेछन् । केही जटिल अंगको थ्री डी प्रिन्टिङ भने अझै पनि चुनौती नै रहेको छ ।
बनावट, काम गर्ने प्राकृतिक तरिका तथा मानव शरीरसँग संयोजन गर्न सक्ने थ्री डी प्रिन्टिङ बनाउने सफलता अझै पनि प्राप्त भएको छैन । मुटु, मृगौला, मस्तिष्क तथा अन्य जटिल अंगहरुको थ्री डी प्रिन्टिङ अहिले पनि बनाउन सकिएको छैन ।
एडिटिभ म्यानुफ्याकचरिङसमेत भनिने यो थ्री डी प्रिन्टिङको पहिलो कोसिस सन् १९८० को दशकमा भएको थियो । प्रारम्भमा यसका प्रोटोटाइप औद्योगिक प्रयोगका लागि हुने गर्दथ्यो ।
तर, सन् २०१० तथा २०२० मा यसको मूल्यमा नाटकीय रुपमा कमी आयो जसका कारण यसको प्रयोग उद्योगमा मात्र नभएर मानव जीवनका लागिसमेत भयो ।
थ्री डी प्रिन्टिङले सम्भवतः स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सबैभन्दा धेरै सफलता पाएको छ । कस्टमाइज्ड थ्री डी प्रिन्टिङ प्रविधिले बनेका शारीरिक अंगले मानिसको जीवन जोगाएको छ । यस अन्तर्गत बन्ने मानव अंगमा दाह्रा, बंगाराको हड्डी, सास फेर्नका लागि बायोएब्जरबेबल स्प्लिन्ट्स, दाँत प्रत्यारोपण तथा एक्सोस्केलेटन तथा खोपडीका केही भाग सामेल छन् ।
यसमा अझै धेरै प्रगति भइरहेको छ । अब थ्री डी प्रिन्टिङ पोलिमर वा धातुमा मात्र सीमित नरहेर जीवित जैविक प्रणालीका लागि कास्टमाइज्ड गरिँदैछ । कोशिकाको पत्र पनि सही ठाउँमा लगाउन सकिने भएको छ जसका लागि माइक्रोमिटर तराजूको सटिक शुद्धता आवश्यक पर्छ ।