आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

शुक्रबार, ०३ वैशाख २०७८, १६ : ५७
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आज आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवनमा अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत किकुता युताका, डेनमार्कका राजदूत फ्रेडी भाने, ग्रीसका राजदूत डाइनोसिसोज क्याभितोस र बल्गेरियाका राजदूत इलोनोरा दिमित्रोभाले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । 

युताका आवासीय र तथा अन्य देशका राजदूत गैरआवासीय हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप