सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओलीको गृहजिल्लामा माधव पक्षको भेला

शुक्रबार, ०३ वैशाख २०७८, १८ : ३९
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । झापामा नेकपा एमाले माधव नेपाल पक्षधरको जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको छ । शुक्रबार नेता माधवकुमार नेपाल लगायतका नेताहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको हो । 

जिल्ला भेलामा ७ सयभन्दा बढी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेता नेपालसहित घनश्याम भुसाल, भीम आचार्य, घनेन्द्र बस्नेत, जगन्नाथ खतिवडा, रविन कोइराला, नरेश खरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई उनीहरुले सम्बोधन गरेका थिए । झापा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पनि हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप