त्रिभुवन विमानस्थलबाट २४ लाख नगदसहित १ जना पक्राउ
सोमबार, ०६ वैशाख २०७८, १४ : ५७
काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले २४ लाख ५० हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–७ घर भएका ३३ वर्षीय चूडामणि बस्नेत छन् । आइतबार साँझ यति एयरलाइन्सको उडानबाट विराटनगर जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।
सो रकमको स्रोत खुलाउन नसकेपछि बस्नेलाई प्रहरीले आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियाबाट नियन्त्रणमा लिएको हो । थप अनुसन्धान र कारवाहीका लागी उनलाई सम्पति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको एसएसपी बास्तोलाले बताए ।