पूर्व निर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय
सोमबार, ०६ वैशाख २०७८, १७ : २९
काठमाडौं । सरकारले पूर्व निर्धारित परीक्षाहरु नरोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड सम्बन्धी आदेश जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय गरेको हो ।
त्यसबाहेक देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु बैशाख महिनाभर भौतिक रुपमा बन्द गर्ने तर बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ ।