सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बैठक सुरु

सोमबार, ०६ वैशाख २०७८, १८ : ५५
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक सुरु भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा साँझ ६ः३० बजेबाट बैठक सुरु भएको हो । अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक साढे २ घण्टा ढिलो गरि सुरु भएको हो । बैठकले १४ औं महाधिवेशन सन्दर्भमा निर्णय लिने छ । क्रियाशील सदस्य वितरण र नवीकरण सूचीकृत गर्ने समय थप गरिने भएको छ ।

बैशाख १५ गतेसम्म अन्तिम मिति राखेर समय थपिन लागेको हो । काँग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीका अनुसार उक्त मितिमा क्रियाशील सदस्य सूचीकृत नगराउने जिल्लाले महाधिवेशनमा भाग लिने पाउने छैनन् । पार्टीको निर्वाचन समिति संयोजकको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा भने बैठकमा छलफल हुने चौधरीले रातोपाटीलाई जानकारी दिए । बैठकमा समसामयिक राजनीति विषय पनि छलफल उनको भनाइ छ ।

निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले चैत २० गतेको केन्द्रीय समितिमा राजीनामा बुझाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप