नासालाई ठूलो सफलता, मंगल ग्रहमा हेलिकोप्टर उडाउन सफल
अमेरिकी अन्तरिक्ष एजेन्सी नासा मंगल ग्रहमा एउटा सानो हेलिकोप्टर उडाउन सफल भएको छ । इनजेनिटी नाम दिइएको यो ड्रोन हावामा एक मिनेटभन्दा कम समय रहेको थियो । तर, नासाले यसलाई ठूलो सफलता मानेको छ । किनभने यो कुनै दोस्रो दुनियाको विमानद्वारा सञ्चालित र नियन्त्रित पहिलो उडान थियो । यसको पुष्टि मंगल ग्रहको एक उपग्रहमार्फत गरिएको हो । जसले हेलिकोप्टरको तथ्यांक पृथ्वीमा पठाएको थियो ।
नासाले भविष्यमा थप साहसी उडान हेर्न पाइने वचन दिएको छ । नासाका अनुसार इन्जियनियरहरुले प्रविधिको सीमालाई जाँच गरेपछि इनजेनिटीले थप उचाइमा तथा लामो उडान भर्नेछ ।
It happened. Today our #MarsHelicopter proved that powered, controlled flight from the surface of another planet is possible. It takes a little ingenuity, perseverance, and spirit to make that opportunity a reality: https://t.co/oT3rrBm6wj pic.twitter.com/u63GKshp0G
— NASA (@NASA) April 19, 2021
अमेरिकाको पासाडेनामा नासाको जेट प्रोपल्सन लेबोरेटरीमा इनजेनिटीका प्रोजेक्ट म्यानेजर मिमि आंगले भने, ‘अब हामी भन्न सक्छौँ कि मानिस कुनै दोस्रो ग्रहमा एक रोटरक्राफ्ट उडाउन सफल भयो ।’
मंगल ग्रहमा हावामा हेलिकोप्टर उडान कठिन छ किनभने त्यहाँ वायुमण्डल निकै पातलो हुन्छ । त्यहाँ पृथ्वीको वायुमण्डलको तुलनामा एक प्रतिशतमात्र हरेको छ । उडान भर्न रोटरक्राफ्टको ब्लेडले निकै परिश्रम गर्नुपर्दछ । त्यसैले इनजेनिटीलाई हलुका बनाएर त्यसको ब्लेडलाई प्रति मिनेट २५०० पटक घुम्ने बनाइएको थियो ।