सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागु औषधसहित दुईजना पक्राउ

मङ्गलबार, ०७ वैशाख २०७८, १७ : ४२
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । काठमाडौंको नागढुंगा र मोरङको विराटनगर महानगरपालिकाबाट प्रहरीले लागु औषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट पक्राउ पर्नेमा रौतहट बनबोहरी घर भएका २० वर्षीय गुड्ड आलम छन् । विराटनगर–१६ बाट प्रहरीले ३१ वर्षीय मन्तस खड्कालाई पक्राउ गरेको छ ।

रौतहटको गौरबाट आएको ना.७ ख ११११ नम्बरको बसमा काठमाडौं आएका गुड्डुको साथबाट प्रहरीले  १ हजार ४ सय ८० ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ । मन्तसको साथबाट ५ एम्पुल फेनारगन, ८ एम्पुल लुपिजेसिक, ८ एम्पुल डाईजाल्याप र ८ एम्पुल एभिल बरामद गरिएको केन्द्रिय प्रहरी समाचार कक्षले जनाएको छ । मन्तस सुनसरीको धरान–१९ का हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप