कालिञ्चोकमा वर्षासँगै बर्सियो हिउँ (फोटोफिचर)
बिहीबार, ०९ वैशाख २०७८, ११ : ११
देशका अधिकांश क्षेत्रमा वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
वर्षासँगै आज बिहान ८:३० बाट दोलखाको कालिन्चोकमा हिउँ परिररहेको छ ।
दोलखाको कालिञ्चोक, शैलुङ, गौरीशङ्कर, खरिढुङ्गा, च्योर्दुङलगायत उच्च क्षेत्रमा हिउँ परेको छ । ती ठाउँहरुमा हिउँ खेल्नकै लागि वर्षैपिच्छे काठमाडौं तथा अन्य ठाउँबाट दोलखामा आन्तरिक पर्यटकहरुको भीड लाग्ने गर्छ।
यता, उच्च हिमाली जिल्ला हुम्लामा पनि भारी हिमपात भएको छ ।
सामान्यतः पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात हुने गरेपनि वैशाख महिनामा हिमपात भएपछि स्थानीय अचम्मित भएका छन् ।