मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘सेरामिक्स एक्स्पो एण्ड समिट २०१७ भारतको गुज्रातमा’

बिहीबार, ०८ असार २०७४, २१ : १७
बिहीबार, ०८ असार २०७४

काठमाडौं – वृहत सेरामिक्स प्रदर्शनी र सम्मेलन आउँदो नोवेम्वर  १४ देखि १९ तारिकसम्म भारतको  गुज्रातस्थित गान्धिनगरमा हुने भएको छ ।


सो सेरामिक शोमा नेपाललाई पनि आमन्त्रण गरिएको नेपाल चेम्वर  अफ कमर्श का आर्यकारी प्रमुख कैलाश कुमार वजिमयले वताए । सो शोमा भागलिन नेपालका तर्फवाट झण्डै १सय ५५ भन्दा वढीको सहभागिता रहने जनाइएको छ । नेपालमा यस उद्योगको संख्यात्मक अवस्था कम भएता  पनि  बजार हिस्साको मात्रा भने अधिक रहेको छ । विश्वभरका झण्डै  २ हजार कम्पनीका ४ सय व्राण्डेड सामानहरु शोमा राखिने छ ।

भने ६५ देशका उद्योगी व्यवशायिहरुको सहभागिता  रहने आयोजक संस्था अक्टागनका प्रचार अधिकृत मिट शाहले जानकारी दिएका छन् । 
यस उद्योगले भारतको विदेशी मुद्रा आर्जनमा महत्वपुर्ण योगदान दिएको छ ।

 ५० हजार वर्गमिटरमा  फैलिएको यस एक्स्पो को मुल आयोजक भने  मोरबी  सेरामिक्स एशोसियसन रहेको छ । एक्स्पोमा सेरामिक्स टाइल, स्यानीटरी टाइल वाथ फिटिङ तथा  उच्चतम प्रविधिको प्रदर्शनी रहनुका साथै प्रविधी हस्तान्तरण , विदेशी  लगानी संयुक्त उद्यम लगायतका विषयमा छलफल गरिने आयोजकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप