त्रिदेशीय टि–ट्वान्टी सिरिज : नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै
बिहीबार, ०९ वैशाख २०७८, १३ : ३२
काठमाडौं । नेपालमा जारी त्रिदेशीय टि–ट्वान्टी सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछन्। खेलमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । योसँगै नेपालले आफ्नो खेलाडीमा केही परिवर्तन गरेको छ । नेपालले शाहब आलमको स्थानमा स्पिनर सुशन भारी र अविनाश बोहराको स्थानमा फास्ट बलर कमल सिंह ऐरीलाई परिवर्तन गरेको छ । ऐरी टि ट्वान्टी अन्तर्राष्‍ट्रियमा डेब्यु गर्दैछन् ।
नेपाल र नेदरल्याण्ड यस अघिनै फाइनलमा पुगिसकेकाले आजको खेल दुवै टिमको लागि प्रतिष्ठाको लागि हुनेछ भने यसै म्याचबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने १०० वटा टि–ट्वान्टी खेल्ने पहिलो नेपाली क्रिकेटर समेत बनेका छन्।