सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओली–नेपालबीच आज पनि भेटवार्ता

बिहीबार, ०९ वैशाख २०७८, १४ : ०१
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आज पनि भेटवार्तालाई निरन्तरता दिने भएका छन् । नक्सालको मेरियट होटलमा ओली र नेपालबीच भेटवार्ता हुन लागेको हो । 
उनीहरुबीच दिउँसो दुई बजे एक्लाएक्लै भेटवार्ता हुन लागेको नेता रघुजी पन्तले रातोपाटीलाई जानकारी दिए । बुधबार साँझ अध्यक्ष ओली र नेता नेपालबीच दुई घण्टा भेटवार्ता भएपनि ठोस सहमति जुट्न सकेको थिएन । 

दुवै पक्षले अडान नछोड्दा बुधबारको वार्ता फलदायी बन्न नसकेको एमालेकै नेताहरुले बताएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप