सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माधव नेपालसहित ४ नेताको रिट ‘हेर्न नभ्याइने’मा

आइतबार, १२ वैशाख २०७८, १५ : ५४
आइतबार, १२ वैशाख २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ जना नेताको रिटको सुनुवाई हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको बेन्चमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको थियो ।

बिहीबार वारेस तिलकबहादुर थापामार्फत् चारजना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट दायर गर्नेमा माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तरिकाले आफूहरुलाई स्पष्टीकरण सोधेको र निलम्बन गरेको विरुद्ध उनीहरु अदालत गएका थिए ।

नेपालसहितका नेताहरुले नेकपा एमालेका अध्यक्ष ओली र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप