सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उज्यालो नेटवर्कका पत्रकारलाई ३ दिन थुनामा राख्न अनुमति

आइतबार, १२ वैशाख २०७८, २२ : ४५
आइतबार, १२ वैशाख २०७८

काठमाडौं । उज्यालो नेटवर्क अनलाइनमा कार्यरत अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल लामा ‘प्रभात’लाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अनुसन्धानका लागि अदालतले ३ दिनको म्याद दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार प्रभातलाई बसुन्धाराबाट र अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिएको  थियो । प्रहरीले उनीहरुविरुद्ध राज्य बिरुद्धको कसुर र लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । केहीदिन पहिले सो अनलाइनले प्रधानमन्त्री केपी शर्माओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो । पछि सोही अनलाइनले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफी समेत मागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप