सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एकतामा जोड दिँदै माधव नेपालले सम्झिए मनमोहन

आइतबार, १२ वैशाख २०७८, २३ : ५०
आइतबार, १२ वैशाख २०७८

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनताले ठूलो मौका दिएको कम्युनिष्ट सरकारबाट सामान्य किसान र गरिब परिवारले राहत महसुस गर्न नसकेको बताएका छन् । एमालेका दिवंगत नेता मनमोहन अधिकारीको २२ औं स्मृति दिवसको पूर्वसन्ध्यामा एक वक्तव्य जारी गर्दै वरिष्ठ नेता नेपालले वर्तमान कम्युनिष्ट सरकारबाट किसान र गरिव जनताले राहत महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको बताएका छन् ।

स्वर्गीय अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेता नेपालले भनेका छन्, ‘अहिले नेपाली जनताले ठूलो मौका दिएको कम्युनिष्ट सरकारबाट विकृति विसंगतिहरुलाई प्रश्रय दिने काम हुनु र सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव खड्किरहेको छ ।’ 

नेता नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आह्वान समेत गरेका छन् ।  नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । उनले २०५१ सालमा ९ महिने सरकारको नेतृत्व समेत गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप