आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रालयले सच्यायो कोरोनाबाट मृत्यु हुनेको गलत तथ्याङ्क

सोमबार, १३ वैशाख २०७८, १५ : १६
सोमबार, १३ वैशाख २०७८

मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको गलत तथ्याङ्क सच्याएको छ । मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत राखेको मृतकहरुको गलत तथ्याङ्कलाई सच्याएको हो ।

मन्त्रालयले यसअघि बागमती प्रदेशमा देशभर कोरोनाका कारण मृत्यु हुनेको तथ्याङ्कभन्दा तीन गुण बढी व्यक्तिको मृत्यु भएको भनि गलत तथ्याङ्क सार्वजनिक गरेको थियो ।  मन्त्रालयले प्रदेशभर हालसम्म १० हजार ५ सय ६८ जनाको कोरोनाका कारण मृत्यु भएको भनि गलत तथ्याङ्क सार्वजनिक गरेको थियो ।

बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट १ हजार ६८ जनाको मृत्यु भएको छ भने देशभर ३ हजार १ सय ६४ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ । मन्त्रालयले दैनिक रुपमा कोरोना संक्रमणको प्रतिवेदन सार्वजनिक गरी आफ्नो वेबसाइटमा समेत सार्वजनिक गर्ने गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप