रिजालको उपन्यास ‘सत्यवती’ सार्वजनिक
सोमबार, १३ वैशाख २०७८, १५ : ४०
पत्रकार तथा साहित्यकार कमल रिजालद्वारा लिखित उपन्यास ‘सत्यवती’ सार्वजनिक भएको छ । व्यास र सत्यवतीको संवादमा अडेको उपन्यासले पूर्वीय दर्शनको सार, विशेषता, गुह्य गुदी र गूढ रहस्यलाई पिँधैदेखि उधिनेर सामाजिक विकृति र विसङ्गतिको ऐँजेरुलाई निर्ममतापूर्वक छिमल्ने काम गरेको लेखक रिजालले बताएका छन् ।
लेखक रिजालका अनुसार आमा सत्यवती र छोरा व्यासजीका बीचमा भएको संवादमा अडेको उपन्यासको जग महाभारत भए पनि यसले आधुनिक युगलाई समेत सम्बोधन गरेको बुझिएको छ ।
उपन्यासमा सत्यवतीले व्यासजीलाई विधवा बुहारीहरूमार्फत् सन्तान जन्माउन वाध्य पार्दा के कस्तो नियति भोग्नुप-यो भन्ने निष्कर्ष खोजिएको लेखक रिजालले प्रष्ट पारेका छन् ।
साङ्ग्रिला बुकद्वारा प्रकाशित उपन्यासको पृष्ठ ३८६ र मूल्य ४९५ रहेको छ ।