सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निषेधाज्ञामा पनि सेयर बजार खुल्ने भएपछि लगानीकर्तामा आशा

मङ्गलबार, १४ वैशाख २०७८, १५ : ३५
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । मंगलबार सेयर बजार सकारात्मक देखिएको छ । सोमबार निषेधाज्ञाको हल्लाले आतिएका लगानीकर्तामा आश देखिएपछि मंगलबारको बजारमा बृद्धि देखिएको छ । बजार ९२.४६ अंकले बढेर २५९९.७ बिन्दुमा अडिएको छ । तर कारोबार रकम भने खुम्चिएको छ । मंगलबार ५ अर्ब १० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सबै समूहमा हरियाली छाएको छ ।

आज अपर तामाकोशीको सेयरले सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ४७ रुपैयाँ पुगेको छ । दोस्रो बढी कमाउनेमा विशाल बजार कम्पनी रहेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता सेयर मूल्य ४ हजार २ सय १५ रुपैयाँ रहेको छ । 

कारोबार रकमको आधारमा पनि अपर तामाकोशी हाइड्रोपावर नै अगाडि  छ । यसको २३ करोड ८२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रो बढी कारोबार हुनेमा निफ्रा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप