सिंगटीको सेयर नेप्सेमा सूचीकरण, कतिमा हुन्छ कारोबार ?
मङ्गलबार, १४ वैशाख २०७८, १६ : २७
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ नेप्सेमा सूचीकरण भएको छ । यसको सेयर कारोबार अब बुधबारबाट हुनेछ । नेप्सेले सिंगटीको तोकेको ओपनिङ रेन्जअनुसार पहिलो कारोबार न्यूनतम एकसय रुपैयाँदेखि अधिकतम ३ सय रुपैयाँको रेन्जमा रहेर हुनेछ ।
‘एसएचइएल’ संकेतमा सिंगटीको दोस्रो बजारमा कारोबार हुनेछ । यस हाइड्रोपावरले चुक्ता पुँजीका आधारमा कायम १ करोड ४५ लाख कित्ता सेयर मंगलबार सूचीकरण गरेको हो । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कूल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।